भारतीय ह्याकरको निशानामा नागरिक उड्डयन प्राधिकरण
सोमबार, १२ जेठ २०७७, ०७ : ३६
काठमाडौं – भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार ह्याक गरेको छ ।
ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको थियो ।
भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि नेपाली ह्याकर र भारतीय ह्याकरबीच साइबर ह्याक गर्ने प्रतिस्पर्धासँगै भारतीय ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको हो ।
इन्डियन साइबर ट्रँपस नामको समूहले बाँकेको वन विभागको वेबसाइटलाई ह्याक गरेको थियो । सो समूहले अरु सरकारी वेबसाइटलाई पनि ह्याक गरिरहन खोजिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै