शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२२ वर्षीया जापानी रेसलर तथा नेटफ्लिक्स स्टार हाना किमुरा मृत भेटिइन्

सोमबार, १२ जेठ २०७७, १० : ४०
सोमबार, १२ जेठ २०७७

प्रोफेशनल रेसलिङको दुनियाँमा तीब्र रुपमा चर्चा बटुलिरहेकी जापानकी रेसलिङ स्टार हाना किमुराको  शनिबार निधन भएको छ । उनी २२ वर्षकी थिइन् । हालै उनले नेटफ्लिक्सको एउटा रियालिटी शो ‘टेरेस हाउसः टोक्यो’ मा काम गरेकी थिइन् ।

मृत्युको कारण स्पष्ट छैन, पुलिसले अनुसन्धान गर्दै

हाना किमूरको आफन्तले ट्वीटरमा यसबारे पुष्टि गरेका हुन् । किमूरालाई आफ्नो घरमा मृत भेटिएको हो तर उनको मृत्युको कारण भने अझै स्पष्ट हुन सकेको छैन, पुलिसले यसबारे अनुसन्धान थालेका छ ।

अनलाईन बुलिङको शिकार भइन् किमूराः

जानकारका अनुसार किमूराको मृत्युको कारण अनलाइन बुलिङ हुनसक्छ किनभने नेटफ्लिक्सको रियालिटी शोमा आएपछि सोसल मिडिया प्लेटफर्ममा उनलाई मानिसहरुले निशानामा पारिरहेका थिए । मानिसहरुले सोसल मिडियामा उनलाई घृणायुक्त मेसेज पठाइरहेका थिए ।

उनका पछिल्ला तस्बिर हेर्दा डिप्रेशनमा भएको भानः

इन्स्टाग्राममा उनका पछिल्लो पोस्ट र तस्बिर हेर्दा यस्तो लाग्छ कि उनी केही समयदेखि डिप्रेशनमा थिइन् । हालै उनले आफ्नो बिरालोसँग एउटा फोटो सेयर गरेकी थिइन् जसको क्याप्सन थियो ‘गुडबाई’ । यस्तै अर्को पोस्टमा उनले लेखेकी छिन्, ‘आइ लभ यू, खुसी र लामो जीवन बाँच्नू, आई एम सरी ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप