शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – कञ्चनजङ्गा हिमालमा पहिलो मानव पाइला

सोमबार, १२ जेठ २०७७, १० : ५४
सोमबार, १२ जेठ २०७७

२५ मे १९५५ मा कञ्चनजङ्गा हिमालमा पहिलो मानव पाइला पुगेको थियो । ब्रिटिस आरोही चाल्र्स इभान्सको नेतृत्वमा जो ब्राउन र जर्ज ब्यान्ड पनि शिखरमा पुगे । भोलिपल्ट उनीहरुलाई पछ्याउँदै नोरम्यान हार्डी र टोनी स्टे«यथर पनि आइपुगे ।

सगरमाथामा मानव पाइला पुगेको दुई वर्षपछि यो आरोहण सम्भव भएको थियो । २९ मे, १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा चढेका थिए । सन् १८५२ मा सगरमाथालाई विश्वको सर्वोच्च शिखर घोषणा गर्नुअघि नेपाल र सिक्किमको सीमामा पर्ने कञ्चनजङ्गालाई नै सर्वोच्च हिमाल मानिन्थ्यों । तर विभिन्न अध्ययन र ग्रेट ट्रिगोनोमेट्रिकल सर्वेक्षणपछि सन् १८४९ सम्म सगरमाथा नै विश्वको सर्वोच्च शिखर हो भन्ने निष्कर्षमा विज्ञहरु पुगे । सन् १९५६ मा कञ्चनजङ्गालाई विश्वको तेस्रो अग्लो हिमाल भनेर औपचारिक रुपमै घोषणा गरियो ।

पृथ्वीका सर्वाधिक १० अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजङ्गा, लोत्से, मकालु, चो यु, धौलाागिरी, मनास्लु र अन्नपूर्ण नेपालमा पर्छन् । विश्वको दोस्रो ठूलो शिखर के टु पाकिस्तान–चीन सीमामा पर्छ भने नवौँ अग्लो शिखर नान्गा पर्वत भारतमा पर्छ ।

महत्त्वपूर्ण घटनाक्रम

सन् १९६१ – अमेरिकी राष्ट्रपति जोन अफ केन्नडीद्वारा अन्तरिक्ष अभियानको सुरुवातका लागि लाखौँ डलर घोषणा, वर्ष १९७० सम्म चन्द्रमामा पुग्ने लक्ष्य ।

सन् १९६३ – अफ्रिकी देशलाई एकजुट गर्ने लक्ष्यसहित ३२ देशद्वारा अफ्रिकी संघ गठन ।

सन् १९९८– परमाणु परीक्षण गरेको भारतलाई प्रतिबन्ध लगाउनका लागि युरोपेली युनियनअन्तर्गतका देशहरु सहमत ।

सन् २०१३– जापानका ८० वर्षीय युइशिरो मिडराद्वारा ८० वर्षको उमेरमा सगरमाथा आरोहण । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप