शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चेक रिपब्लिकः रेष्टुरेन्ट–बार खोलेको खुसीमा निःशुल्क बियर

सोमबार, १२ जेठ २०७७, १२ : ५४
सोमबार, १२ जेठ २०७७

पछिल्लो केही हप्तादेखि तपाईंले बियरको चुस्की मिस गरिरहनुभएको हुनसक्छ ।

तर यदि तपाईं चेक रिपब्लिकमा हुनुहुन्छ भने आज तपाईंकै दिन हो । चेक रिपब्लिकमा सोमबारदेखि रेष्टुरेन्छ र पब खोल्ने अनुमती दिइएको छ ।

देशमा रक्सी बनाउने सबैभन्दा ठूलो कम्पनीले यो मौकालाई निकै अविष्मरणीय पलमा परिवर्तन गरिदिएको छ ।

चेक मिडियाका अनुसार पिल्सनर उर्केल्सले नामको बियर उत्पादक कम्पनीले चेक रिपब्लिकको जुनसुकै पब र रेष्टुरेन्टमा आफ्नो बियर अर्डर गर्ने व्यक्तिलाई थप अर्को बियर निःशुल्क प्रदान गर्ने घोषणा गरेका छन् ।

बियर उत्पादक कम्पनीका प्रवक्ताले आफूहरुले आफ्ना इमान्दार ग्राहकलाई धन्यवाद दिनका लागि यस्तो कदम उठाएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप