बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी विश्वविद्यालयको ‘न्यासिक परिषद’ दशजना नियुक्त

सोमबार, १२ जेठ २०७७, १३ : ००
सोमबार, १२ जेठ २०७७

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी विश्व विद्यालयको सर्वोच्च नियका ‘न्यासिक परिषद’मा दश जनालाई नियुक्त गरेको छ ।
 जेठ ९ गते बसेको बैठकले उनीहरुलाई नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रवक्ता बिकास थापाले जानकारी दिए ।
परिषदमा नियुक्ति पाउनेमा प्रा.डा.जीत जोशी, प्रा.डा.राममनोहर श्रेष्ठ, डा.जगदिश पोखरेल,डा.दिनेशचन्द्र देवकोटा, डा.तिर्थ थापा,डा.सुमित्रा मानान्धर गुरुङ,डा.प्रतिभा पाण्डे,चन्द्र ढकाल,कृष्ण आचार्य र निर्मल गुरुङलाई सिनेट सदस्यको रुपमा नियुक्त गरेको हो । 
शिक्षासेवी र व्यवसायी गरेर सिनेट सदस्य चयन गरिएको प्रवक्ता थापाले जानकारी दिएका छन् । चन्द्र ढकाल,कृष्ण आचार्य र निर्मल गुरुङ व्यवसायी हुन् भने अरु भने शिक्षा क्षेत्रका विभिन्न विषयका विज्ञहरु रहेका छन् । 
गण्डकी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त विश्वविद्यालयको कुलपति भने प्रा.डा. गणेशमान गुरुङ रहेका छन् । परिषद सदस्य नियुक्ति भएसँगै विश्वविद्यालयको कामले गति लिने अनुमान गरिएको छ । 
गण्डकी विश्वविद्यालयको निर्माणको लागि आठ अर्ब खर्च हुने अनुमान गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप