शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको ६३ औं दिनः संक्रमितको संख्या बढ्दै गएपछि थप कडाइ गरिँदै

सोमबार, १२ जेठ २०७७, १३ : ०५
सोमबार, १२ जेठ २०७७

काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लक डाउनको ६३ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ ।

नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन थप कडाई गर्न थालिएको छ । उपत्यकाका मुख्य सडकहरु भित्री सडकहरुमा अत्यावश्यक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् । प्रहरीले ठाउँठाउँमा चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाको भित्री गल्लीमा विहान र बेलुकीको समयमा केही खाद्यान्न र तरकारी पसलहरु खुला रहेपनि दिउँसोको समयमा भने सुनसान छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले (दिउँसो पौने १२ बजे) सम्म ६ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मात्रै ७२ जना नयाँ संक्रमित भेटिएका छन् । आज काठमाडौं उपत्यकामा मात्रै तीन जनामा संक्रमण देखिएको छ । रौतहटमा २६ र बारामा २३ जनामा आज संक्रमण दखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप