भारतबाट आएका थिए बाराका २३ कोरोना संक्रमित
रौतहट । सोमवार कोरोनाभाइरस संक्रमण पुष्टि भएका बाराका २३ जना भारतको विभिन्न सहरबाट आएको खुलेको छ ।
महागढीमाई नगरपालिकाको विभिन्न वडाका २१ जना र आदर्श कोतवाल गाउँपालिकामा २ जना गरी २३ जनामा सोमवार कोरोना पुष्टि भएको थियो ।
विभिन्न ठाउँको क्वारेन्टाइनमा रहेको अवस्थामा उनीहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको बाराका सिडिओ रुद्रप्रसाद पण्डितले बताए ।
सबैजना भारतको बिभिन्न सहरमा रोजगारीमा रहेको र लकडाउनकै क्रममा बारा आएको सिडिओ पण्डितले जानकारी दिए ।
जेष्ठ ८ गते महागढीमाई नगरपालिकाको बबुयाईनमा रहेको कोरेन्टाइनमा ३० जना र बारागढी गाँउपालिकाको कोरेन्टाइनबाट आएका ९ जना गरि ३९ जनाको स्वाव संकलन गरि पठाएकोमा २३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
अहिले संक्रमितहरुलाई छुट्टै राखेर उनीहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको नामावली संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत २५ वर्षीय प्रहरी जवानमा समेत कोरोना संक्रमणको पुष्टि भएपनि उनको ठेगाना पर्सा रहेकाले संक्रमित संख्या पर्सामा देखाइएको प्रवक्ता मिश्रले जानकारी दिए ।
यसका साथै बारामा कोरोना भाइरस संक्रमितको संख्या ३९ पुगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा तीन जना मृत फेला
-
नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने