शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहटमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो

सोमबार, १२ जेठ २०७७, १४ : ५५
सोमबार, १२ जेठ २०७७

रौतहट ।  जिल्लामा सोमबार पुष्टि भएका २६ जना कोरोनाभाइरस संक्रमित सबै भारतबाट आएको खुलेको छ । यससँगै रौतहटमा संक्रमितको संख्या ४९ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले रौतहटका थप २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको हो । 

  राजपुर नगरपालिकाका विभिन्न वडाका २५ जना र इशनाथ नगरपालिकाका १ जना गरी २६ जनामा थप संक्रमणको पुष्टि भएको हो । 

संक्रमित सबैजना भारतको बिभिन्न शहरबाट काम  गर्दै लकडाउन पछि रौतहट आएका थिए । 

भारतबाट नेपाल आउनासाथ उनीहरुलाई सुरक्षा निकायले सीमाक्षेत्रबाट सिधै क्वारेन्टाइन लगेर राखेको रौतहटका सिडिओ बासुदेव घिमिरेले बताए ।

 क्वारेन्टाइनमा बस्दै आएका मध्ये राजपुरको ९६  र इशनाथ नगरपालिकाको २७ जना गरी  एक सय २३ जनाको स्वाब गत ६ गते जाँचका लागि काठमाण्डौ पठाएकोमा २६ जनाको पोजेटिभ पुष्टि भएको सिडिओ घिमिरेले जानकारी दिएका छन् । 

 संक्रमित सबै जनालाई राजपुर नगरपालिकामा रहेको आइसोलेसनमा राखेर उपचार गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । 

रौतहटमा यसअघि देखिएका संक्रमित मध्ये ३ जना वीरगंजस्थित नारायणी अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् । २ जनाको त्यही उपचार भइरहेकाे छ ।

 यस्तै १८ जनाको गौर स्थित नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप