केन्द्रीय संस्करण

पौडी खेल्दा एक युवकको डुबेर मृत्यु

person explore access_timeजेठ १२, २०७७ chat_bubble_outline0
file photo

तनहुँ । पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर आज यहाँ एक युवकको मृत्यु भएको छ ।  शुक्लागण्डकी नगरपालिकामा–४ गाछेपानीका  रामबहादुर मगरको घरमा डेरा गरी बस्ने  २५÷२६ वर्षका पप्पु नाम गरेका व्यक्तिको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

नाम, थर र वतन खुल्न नसकेका ती व्यक्ति केही महिनाअघिदेखि शुक्लागण्डकी क्षेत्रमा कबाडी सामान संकलन गर्ने र एक्लै डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । शुक्लागण्डकी ४ र  ८ नं जोड्ने पक्की पुलभन्दा माथि सेतीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

पौडी खेल्ने क्रममा बाँकटे हान्दा डुबेका मधेशी मूलका व्यक्तिलाई एक छिनपछि नदीले बगाएको गाईवस्तु हेर्न गएका गोठालाले देखेपछि प्रहरीमा खबर गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।  शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको बताइएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.