शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको सम्बोधन : नेपालमा माहामारी नियन्त्रण प्रभावकारी भएपनि ढुक्क भएर बस्ने अवस्था छैन

सोमबार, १२ जेठ २०७७, १७ : ५४
सोमबार, १२ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै लकडाउन गरेकाले मानवीय क्षति र संक्रमण नियन्त्रण गर्न सफल भएको बताएका छन् ।

 सोमबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदमबारे राष्ट्रको नाममा सम्बोधन गर्दै उनले प्रारम्भिक दिनमा तयारीमा सरकार केही अलमल भएपनि अहिले सफल भएको बताए । 

समयमै गरेको लकडाउन, समयमै गरेको सिमा तथा एयरर्पोट बन्दले महामारीबाट हुने क्षति जोगाएको,  संक्रमित शिशुदेखि बृद्धसम्म उपचारपछि फर्कनु सरकारको सफलता भएको पनि उनले बताए ।  

प्रधानमन्त्री ओलीले भने–‘नेपालमा महामारी नियन्त्रण प्रभावकारी भएपनि ढुक्क भएर बस्ने अवस्था छैन । कोरोना विरुद्धको लडाई सरकार सचेत भएको छ ।  एक प्रयोगशालाबाट सुरु गरेकोमा अहिले २० प्रयोगशालाबाट परीक्षण थालिएको छ । प्रत्येक स्थानीय तहलाई कोभिड १९ सँग लडन आवश्यक सामग्री उपलब्ध गराई प्रदेश र स्थानीय तहमा समन्वय बढाइने छ ।’ 

यस्तै बन्द स्थानमा रहेका होटल र सार्वजनिक स्थललाई क्वारेन्टाइन बनाइने योजना रहेको बताउँदै महामारी विस्तार भएको स्थानलाई सिल गरी सो स्थानमा द्रुत गतिमा परीक्षण गरिने उनले बताए । 
कोरोनासँग लडाईँमा संलग्नलाई यो अवस्थामा खेलेको भूमिकाको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गरिने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप