बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १ देखि ११सम्मका विद्यार्थीका लागि घरै बसीबसी कम्प्युटर कोर्स, “डिजी स्कुल”बाट यसरी पढ्न पाइने

सोमबार, १२ जेठ २०७७, १८ : ०२
सोमबार, १२ जेठ २०७७

काठमाडौं– विश्व “डिजिटल वर्ल्ड”मा प्रवेश गरिरहँदा नेपालमा पनि प्राविधिक क्रान्तिको जरुरी छ । हिजो विद्यार्थीले अंग्रेजी जान्नुलाई सिकाइको मानक मानिन्थ्यो तर अहिले समयले गति लिइसक्यो । प्राविधिक ज्ञान अझ भनौं कम्प्युटर (आइटी) सिक्नु सबै भन्दा जरुरी भएको छ ।

यसै कुरालाई मध्यनजर गर्दौ सफ्टवेरिका कलेजले विद्यालय तहका विद्यार्थीका लागि अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय र परिष्कृत बेलायतको कम्प्युटर कोर्स “डिजी स्कुल”को नेपालमा अध्यापन सुरु गरेको छ । सुरुमा विद्यालय केन्द्रित यो पढाइ लकडाउनले गर्दा विद्यार्थी घरमै सिमित हुनु परेकोले जुनसुकै विद्यार्थीले घरमै बसेर अनलाइनका माध्यमबाट सिक्न सकिने प्रवन्ध गरिएको छ ।

डिजी स्कुल मार्फत कम्प्युटर कोर्स गर्न चाहने विद्यार्थीले ९८०१२२४२५५ मा सम्पर्क गरेर वा [email protected]  इमेल गरेर भर्ना लिन सक्नेछन् । लकडाउन अवधी भर कम्प्युटर कोर्स निशुल्क पढ्न सकिने बताइएको छ।

के हो त डिजी स्कुल ?
बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने एन सि सि एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजी प्रोग्रामलाई  नेपालमा डिजी स्कुल नाम दिइएको हो । यसलाई सफ्टवेरिका​कलेज अफ आइटी एण्ड ई–कमर्सले नेपालमा भित्र्याएको छ । डिजी स्कुल कक्षा १ देखि ११ सम्मका बिद्यार्थीका लागि तयार गरिएको हो ।

एसईई सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको हाम्रो परिवेशमा “डिजी स्कुल” पढ्नेले विद्यालय तहमै जाभा, पाइथन, सिउडो कोड, स्क्र्याच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवेयर र मर्मत लगायत बिषय सिक्ने छन् साथै आफै सफ्ट्वेर निर्माण गर्ने दक्षता राख्ने डिजी स्कुलका प्रोग्राम अफिसर सरोज महतो बताउँछन् । 

“डिजी स्कुल” का प्रवर्धक एनसीसी एजुकेशन बेलायतका चीफ अपरेटिङ अफिसर एलन नोर्टनले “डिजी प्रोग्राम” बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरुमा लोकप्रिय रहेको बताएका छन । यो कोर्स पढ्ने विद्यार्थीले एनसीसी एजुकेसन बेलायतबाट प्रमाणपत्र पाउने नोर्टनको भनाइ छ ।

यो कोर्समा आवद्ध उत्कृष्ट विद्यार्थीलाई एनसीसी एजुकेसन अन्तरगत अस्ट्रेलिया, अमेरिका, बेलायतलगायतका देशमा “ग्लोबल एजुकेसन टूर” र “ग्लोबल आइटी कम्पिटिशन”मा सहभागी गराइने नोर्टनले जानकारी दिए ।

यो अध्यापन अनलाइन र अफलाइन दुबै प्रणालीबाट गर्न सकिन्छ । कम्प्युटर सिस्टममा हरेक विद्यार्थीको आ–आफ्नै लगइन हुन्छ जहाँ विद्यार्थीले गृहकार्य लिने र बुझाउने गर्न सक्छन् भने उनीहरुको प्रगति विवरण शिक्षक र अभिभावकले चाहेको बेला सजिलै हेर्न सक्छन् ।

आइजीजीएस ई–इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेन्डरी एजुकेशनले समेत यो कोर्सलाई मान्यता दिएको सफ्टवेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए । “२ र ३ दशक अगाडि अंग्रेजी पढ्न बोर्डिङ स्कुलको लहर आयो” श्रेष्ठ थप्छन् अब भने स्कुल देखि नै प्राविधिक शिक्षाको लहर आउनु जरुरी छ । यहि कुराले हामीलाई डिजी स्कुल सुरु गर्न हौस्यायो ।

विद्यालयले सबै विद्यार्थीका लागि डिजी स्कुल सञ्चालन गर्न चाहे अत्यन्तै कम शुल्कमा कोर्सको अध्यापनको प्रवन्ध गर्ने बताइएको छ । नेपालमा प्राविधिक शिक्षाको बिकास गर्न यस सफ्टवेरिका कलेज अफ आइटी एण्ड ई–कमर्सले सन २०१० देखी एनसीसी एजुकेशन बेलायतसँग विभिन्न प्राविधिक शिक्षामा सहकार्य गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप