मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा अलपत्र परेकाको उद्धार गर्छौँ : प्रधानमन्त्री

सोमबार, १२ जेठ २०७७, १७ : ५७
सोमबार, १२ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकता आधारमा उद्धार गर्ने बताएका छन् । 

सोमबार साँझ राष्ट्रको नाममा सम्वोधन गर्दै उनले विश्वका विभिन्न देशमा रहेका नागरिकलाई क्रमैसँग सरकारले उद्धार गर्ने बताए । त्यसको लागि सरकारले प्रक्रिया थालेको पनि उनको भनाइ  छ । 

मुलुकबाहिरबाट नेपाली फर्कने क्रम बढेको उल्लेख गर्दै धेरै देशहरुसँग आफूले कुरा गरेको भन्दै ती देशमा रहेका नेपालीबारे ढुक्क हुन भनेकोले आफू आस्वस्त रहेको उल्लेख गरे । 

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एउटा देशबाट अर्को देशमा सिमानामा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा भारतबाट स्वदेश फर्कदा परीक्षण नै गरी स्वदेश फर्किएकोले उनीहरुलाई क्वारेन्टाइनमा बस्न र ब्यक्तिगत दुरी कायम गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप