शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले अब उद्योग सञ्चालन गर्न अनुमति दिने

सोमबार, १२ जेठ २०७७, १८ : १८
सोमबार, १२ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित मापदण्डका आधारमा उद्योग सञ्चालन गर्न दिने बताएका छन् । 

सोमबार राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले काममा आउने श्रमिकलाई समुदायमा छ्यासमिस नगर्ने सर्तमा उद्योगहरु चलाउन दिने बताएका हुन् । 
उद्योगका कामदार जुन जिल्लाका हुन उनीहरुको कोरोना परिक्षण गरी प्रशासनले उद्योगसम्म पु¥याईदिने व्यवस्था गर्ने र आफ्ना कर्मचारीले तोकेको मापदण्ड अनुसार व्यवहार गरे नगरेको बारेमा आफैले मूल्याङ्कन गरी प्रशासनमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको बताए । 
यो प्रक्रियालाई हेरेर अन्य उद्योगहरुलाई पनि सञ्चालनको अनुमति दिइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप