मदिरा र सुर्तीमा कर बढाउनुस्: समिति
सोमबार, १२ जेठ २०७७, १८ : ३५
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन र बढाएको करबाट उठ्ने राजश्व स्वास्थ्य क्षेत्रमा केन्द्रित गरी लगानी गर्न सरकारलाई सुझाव दिएको सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
बैठकले समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । समितिले मदन भण्डारी विश्वविद्यालय विधेयक, केही शिक्षासम्बन्धी संशोधन गर्न बनेको विधेयकलगायत चार विधेयक पारित गरेको छ । समितिको वार्षिक प्रतिवेदन केही समयपछि सदनमा प्रस्तुत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर किन बढ्दै छ प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल