कोरोना संक्रमण तथ्यांकमा कसले ढाँटदैछन्, प्रधानमन्त्री कि स्वास्थ्यमन्त्री ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले आफ्नो सम्बोधनमा दिइने तथ्य र तथ्यांक जहिले पनि विवाद आउने गरेको छ ।
सोमबार गरेको सम्बोधनमा पनि प्रधानमन्त्री ओलीले त्यस्तै गरेका छन् । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार पुगिसकेको छ । तर प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा मृत्यु भएको संख्या तीन रहेको भनेका छन् ।
यसबाट पुष्टि हुन्छ कि प्रधानमन्त्री केपी शर्मा ओली तथ्य र तथ्याङ्कबाट अनभिज्ञ हुन्छन् । केही पहिले रातोपाटीले प्रधानमन्त्री ओलीले विवादित विषयमा कसरी अनभिज्ञता प्रकट गरेका छन् भनि ब्यहोराको समाचार प्रकाशन गरेको थियो ।
प्रधानमन्त्री अोलीले विवादित विषयमा मात्र होइन, देशको तथ्य र तथ्यांकमा पनि अपडेट नरहेको कुरा पटक पटक बाहिर आउने गरेका छन् । प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभन्दा पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमणबाट मृत्यु भएको संख्या चार पुगेको जानकारी दिएको थियो ।
स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभन्दा अघिदेखि नै विभिन्न सञ्चारमाध्यममा यो समाचार आइसकेको थियो । कोरोनाबाट मृत्यु भएको संख्या चार पुगेको भनि समाचारहरु सम्प्रेषण भएको थियो ।
नीजि क्षेत्रका सञ्चारमाध्यमले बिहानैदेखि यो समाचार दिएका थिए, त्यसपछि ४ः३० वजे स्वास्थ्य मन्त्रालयले पनि मृत्युको संख्या चार पुगेको जानकारी दिएपनि प्रधानमन्त्री ओलीका नीजि सचिवालयले प्रधानमन्त्रीको सम्बोधनलाई अपडेट गर्न सकेको थिएन ।
यसबाट पनि पुष्टि हुन्छ कि प्रधानमन्त्री ओलीका नीजि सचिवालयले पटक पटक किन विवादमा आउँछन् । यसअघि पनि प्रधानमन्त्री ओलीले प्रस्तुत गरेका तथ्यांकहरुका त्रुटि भएको कुरा सञ्चारमाध्यममा आउँथ्यो । तर प्रधानमन्त्री अोलीले उल्टै ती सञ्चारमाध्यमलाई दोषी देखाएर पन्छिने गरेका हुन्थे ।
प्रधानमन्त्री ओलीले बोल्ने, लेख्ने कुरा उनको आफ्नो हुँदैन । उनले त्यसका लागि आफ्नो सचिवालयमा विभिन्न विज्ञहरु राखेका छन् । उनीहरुले दिएका तथ्यांक र सूचनाका आधारमा बोल्ने गरेका हुन्छन् ।
सचिवालयले लेखेर दिएका विषयहरु पनि पढ्ने गरेका छन् । यसको मतलब प्रधानमन्त्री ओलीका सल्लाहकारहरू तथ्याङ्कबाट अपडेट हुँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा