दिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री सेल्सीयस पुग्यो
सोमबार, १२ जेठ २०७७, २२ : १६
एजेन्सी । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ । भारतको मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार भारतमा पछिल्लो हप्ता तापक्रममा अत्यधिक बृद्धि हुदै आएको छ । सोमबार दिल्लीको तापक्रम ४५ डिग्रीसम्म पुगेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
अत्यधिक गर्मीका कारण मानिसहरुले पानी धेरै पिउन थालेको, सितलता खोज्न थालेको, रुखको छहारीमा बस्ने गरेको पाइएको छ । त्यसैगरी जनावर तथा चराचुरुङ्गीले पनि गर्मी कम गर्नका लागि पानी र सितल खोज्ने गरेको अधिकारीहरुले बताएका छन् ।
मौसम विज्ञान विभागले आगामी चार दिन पनि यस्तै गर्मी कायमै रहने र तापक्रम थप बढ्नसक्ने अनुमान गरेको छ । विभागका अधिकारीहरुले आगामी केही दिन तापक्रम ४५ देखि ४६ डिग्री सेल्सीयससम्म पुग्नसक्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीपी निर्माणसँगै रेल सेवा विस्तार गर्न आग्रह
-
भारतमा डेंगु रोकथामका लागि खोप तयार भएको दाबी
-
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
-
ईयू काउन्सिलद्वारा युक्रेनका लागि नयाँ सहायता कोष अनुमोदन
-
पाकिस्तान सुपर लिगको उपाधि इस्लामावाद युनाइटेलाई
-
शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी