मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

इटालियनको भिडियो डायरी – मेरो दिल छ पोखरामा

मङ्गलबार, १३ जेठ २०७७, ०७ : ११
मङ्गलबार, १३ जेठ २०७७

कोरोनाका कारण धेरै मानिस बिचल्लीमा छन् । अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा एक देशबाट अर्को देश गएका पर्यटकले पनि हैरानी व्यहोरेका छन् । विदेशमा कार्यरत ठूलो संख्यामा नेपाली लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले घर फर्कन पाएका छैनन् । नेपालमा पनि केही देशका पर्यटक वा कर्मचारी यसरी नै रोकिएका छन् । इटलीका फिल्ममेकर रिकार्डो वियान्को यसरी नै रोकिएका पर्यटकमध्ये एक हुन् । हाल उनी पोखरामा छन् । कोरोनाका घरमा घर फर्कन नपाएकाहरुमा समर्पित गर्दै उनले भिडियो डायरी सार्वजनिक गरेका छन् । जुन यस्तो छ –

नेपालमा लकडाउनको समय लम्बिदै गएको छ । पोखरा शहर मरुभूमि सरह सुनसान छ । संक्रमितको संख्या बढ्दैछ, यहाँको अवस्था पनि उस्तै छ । मलाई घर फर्कनका लागि कुनै फ्लाइट छैन ।

यहाँ अहिले मजस्ता धेरै विदेशी छन्, जो घर फर्कन चाहन्छन् । तर विभिन्न दूतावासबाट आइरहेको समाचार गतिलो छैन, अहिलेसम्मको खबरअनुसार हामीलाई लैजान कोही आउने छैन ।

अहिलेको अवस्थाप्रतिको मेरो ध्यान र संलग्नता घट्दो छ, म खासै प्रेरित छैन । आजकल समाचार हेर्दिनँ । न त के हुँदैछ भनेर पछ्याउने काम नै गर्छु ।

अहिले मैले यो शहरलाई फरक दृष्टिले हेर्न थालेको छु । अनि बल्ल अनुभव गर्न थालेको छु, कति धेरै सुन्दरताबाट म घेरिएको छु । प्रकृति, चरा, जनावर, मानिस, संगीत र मौलिकताको समिश्रणले मलाई तानेको छ ।

खासमा हामीलाई बाहिर निस्कने अनुमति छैन । तर धेरै दिन कोठामै थुनिएर बसेपछि हामी घुम्न निस्किएका छौँ । म देख्छु– कोही खेत जोतिरहेका छन्, कोही डुङ्गा खियाइरहेका छन । दैनिकी प्रभावित छ, तर रोकिएको छैन ।

यी पछिल्ला साता  निकै कठिन रहे र सुरुवात मेरो ध्यान घर फर्कनेमै केन्द्रीत थियो । तर यदी युरोपमा आफ्ना प्रियजनबाट घेरिएको हुन्थे भनेपनि केही समयपछि मैले केही मिस गर्नसक्थे – अहिले यस्तै महसुस हुन्छ ।

अझै महिनौँसम्म यहाँ बस्न मेरो लागि स्वीकार्य हुनसक्छ । तर यो अनियन्त्रित अवस्था कहिले अन्त्य समाप्त हुन्छ भनेर बुझ्न नसक्दा बेचैन छु । कोरोनाभाइरसले मलाई यो बुझाएको छ कि साना–साना सुरक्षा बिना म आफुले सोचेजस्तो शक्तिशाली रहेनछु ।

तर सुखद् खबर, म धेरै प्रतिक्षा गर्दिनँ । म छोडेर जानेबारे धेरै सोच्दिनँ । ढिलै भएपनि यही बाँच्न थालेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप