बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डाक्टरले भेटे कोभिड–१९ को उपचारसँग जोडिएको महत्वपूर्ण सुराग

मङ्गलबार, १३ जेठ २०७७, ०९ : ५०
मङ्गलबार, १३ जेठ २०७७

बेलायतमा डाक्टरले एक क्लिनिकल ट्रायल सुरु गरेका छन् जसमार्फत् कोभिड–१९ बाट गम्भीर रुपमा बिरामी भएकाहरुको मद्दत गर्न सकिने आशा गरिएको छ ।

डाक्टरले कोभिड–१९ बाट गम्भीर रुपमा बिरामी भएका व्यक्तिहरुमा रोग प्रतिरोधी कोसिका (इम्युन सेल वा टी–सेल) को संख्या कम हुनेबारे पत्ता लगाएका छन् ।

रोगलाई शरीरबाट फ्याँक्नेका लागि टी–सेलको निकै महत्वपूर्ण भूमिका हुन्छ ।

यो क्लिनिकल ट्रायलमा किङ्ग्स कलेस लण्डनका फ्रान्सेली क्रिक इन्स्टिच्यु र गाएज एण्ड सेन्ट थोमस अस्पतालका वैज्ञानिक समावेश हुनेछन् जसले कोभिड–१९ का बिरामीमा इन्टरल्यूकिन सेभेन नामको औषधीले टी–सेलको संख्या बढाउन सहयोग गर्ला त भनेर जान्ने कोसिस गर्नेछन् ।

अन्य रोगसँग लडिरहेका बिरामीमा टी–सेलको संख्या बढाउनका लागि इन्टरल्यूकिन सेभेनको प्रयोग गर्ने गरिन्छ ।

 प्रतिरोधी क्षमताः

ट्रायलमा समावेश डाक्टरले कोभिड–१९ का ६० बिरामीको रगतको नमुनाको विस्तृत अनुन्धान गरेर यसमा टी–सेलको संख्यामा अत्यधिक कमी भएको पाए ।

क्रिक इन्स्टिच्युटका प्राध्यापक एड्रियन हेडेका अनुसार कोरोनाभाइरसले प्रतिरोधी क्षमतालाई जति क्षती पुर्याउँछ त्यो थाहा पाउनु आफैंमा एक अचम्मको कुरा हो ।

उनी भन्छन्, ‘हामीलाई यो मात्रै थाहा छ कि हाम्रो शरीरको प्रतिरोधी क्षमताले रोगविरुद्ध लड्छ । तर कोरोनाभाइरसले प्रतिरोधी क्षमतालाई ध्वस्त नै पारिदिन्छ । यसले टी–सेललाई बिस्तारै नष्ट गर्न थाल्छ ।’

एक स्वस्थ वयस्क व्यक्तिको एक माइक्रोलिटर रगतमा साधारणतया २ हजारदेखि ४ हजार टी–सेल हुन्छन् । यसलाई टी–लिम्फोसाइट्स पनि भनिन्छ ।

तर डाक्टरले आफ्नो परीक्षणमा कोभिड–१९ को बिरामीमा यी टी–सेलको संख्या २ सयदेखि १२ सयबीचमा पाए ।

हिम्मत बढाउने कोशिसः

डाक्टरका अनुसार यी नयाँ जानकारीपश्चात् अब कोरोना बिरामीको रगतमा टी–सेलको संख्याका लागि विशेष परीक्षण बनाउन सकिने जसमार्फत् समय हुँदा नै व्यक्तिमा यो रोगले गम्भीर रुप लिन सक्ने नसक्ने बारे जानकारी दिनेछ ।

 साथै, कम भइरहेको टी–सेलको संख्या बढाउनका लागि डाक्टरसँग उपचारको सम्भावना पनि रहनेछ ।

गाएज एण्ड सेन्ट थोमस हस्पिटलमा क्रिटिकल केयर कन्सल्टेन्ट मनु शंकर हरी भन्छन्, ‘इन्टेन्सिव केयरमा आउने बिरामीमध्ये करिब ७० प्रतिशत बिरामीमा प्रति माइक्रोलिटर रगतमा ४ सयदेखि ८ सय टी–सेल हुन्छन् ।’

उनी भन्छन्, ‘उनीहरु जति जति निको हुँदै जान्छन्, त्यति नै रगतमा टी–सेलको संख्या पनि बढ्न थाल्छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप