बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हरर विषयमा बन्यो ‘ओयजा’

मङ्गलबार, १३ जेठ २०७७, १३ : २२
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । लकडाउनको समय भएर होला सायद अहिले डिजिटल प्लेटफर्मका बिभिन्न सामाग्रीले राम्रो दर्शक पाइरहेको छ । सायद त्यसैले पनि होला छोटा तथा लामा फिल्महरु पनि अहिले यस्ता प्लेटफर्ममा दैनिक आधा दर्जन बढि सार्वजनिक हुने गरेका छन् । 

रेज इन्टरटेनमेन्टले पनि लकडाउनको मौका छोपेर केही छोटा फिल्म सार्वजनिक गरिसकेको छ । जसमध्येको एक हो ‘ओयजा’ । रोशन दाशको निर्देशन रहेको ‘ओयजा’ हरर बिषयमा बनेको हो । रोशन श्रेष्ठ र अनिश पन्च क्रिजोनको छायाँकन रहेको फिल्ममा सम्पादन समेत निर्देशक दास कै रहेको छ ।

अनिश, रोशन र सुनिल गजमेरको लगानी रहेक फिल्ममा रोशन, अनिश, सुनिल, विशाल केसी र कमला तामाङको साथमा बाल कलाकार गुनगुन दासको समेत अभिनय देख्न सकिन्छ ।  लकडाउनको समयमा घरमा रहेका सर्वसाधारणलाई समय कटाउन सजिलो पनि होस् र केही म्यासेज पनि मिलोस् भन्ने उदेश्यले आफुले छोटा फिल्महरु डिजिटल प्लेटफर्ममार्फत ल्याइरहेको निर्देशक दासले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप