स्याङ्जामा दुई जनामा कोरोना पोजेटिभ
मङ्गलबार, १३ जेठ २०७७, १३ : ४५
भारतवाट आएर क्वारेन्टाइन बसेका स्याङ्जाका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले वालिङमा रहेको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । गिरीका अनुसार भारतबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
पीसीआर रिपोर्ट पोजेभिभ आएको खवर पाउने वित्तिकै उनीहरुलाई हाल आइसोलेसन वार्डमा सारिएको गिरीले बताए ।
हालसम्म स्याङ्जा जिल्लाबाट १७० जनाको स्वाव परीक्षण लागि पोखरा पठाइएको भएपनि दुईजनाको मात्र रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
रिपोर्ट पोजेटिभ आएका दुवै पुरुष रहेको गिरीले बताए । उनीहरुको विस्तृत विवरण गण्डकी प्रदेशले गर्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद बिन्दु शर्माले बताए ।