बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आज लकडाउनको ६४ औं दिनः सवारी साधनको जाँचमा कडाइ

मङ्गलबार, १३ जेठ २०७७, १४ : ४५
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । सरकारले जारी गरेको लकडाउनको आज ६४ दिन पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन जारी गरेको छ । सरकारले जेठ २० गते सम्मका लाग लकडाउनको समय तोकेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाई गरेको छ । उपत्यकाका मुख्य सडकहरुमा अत्यावश्यक सवारी साधन, सञ्चार माध्यमका सवारी साधन, स्वाथ्यकर्मीका सवारीसाधन बाहेकका सवारी साधनको आवागमन देखिदैन् ।

सुरक्षाकर्मीले ठाउँ–ठाउँमा बसेर सवारी साधनको जाँचलाई कडाई गरेको छ । अत्यावस्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । यस्तै भित्री सडक छेउमा रहेका खाद्यान्न तथा तरकारीका पसलहरु बिहान बेलुका खुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप