सङ्घीय संसद्को प्रतीक चिह्नमा राखियो अद्यावधिक नक्सा
मङ्गलबार, १३ जेठ २०७७, १५ : १६
काठमाडौं । सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीकचिह्न परिवर्तन गरिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग समेटिएको नक्सासहितको लोगो परिवर्तन गरिएको हो । सङ्घीय संसद्का दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको केही दिनअघिको बैठकले सङ्घीय संसद्को लोगो र सांसदले प्रयोग गर्ने लोगोमा नेपालको अद्यावधिक नक्सा राख्ने निर्णय गरेको थियो ।
सरकारले यही जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्सा सार्वजनिक भएसँगै सरकारले संविधानको अनूसूची–३ मा रहेको नेपालको निसान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल