अर्थमन्त्रीले भने : महंगी बढ्यो, गरीबी घट्यो
मङ्गलबार, १३ जेठ २०७७, १६ : ००
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै गरिबी घटेको बताएका छन् ।
संघीय संसदमा मंगलबार आर्थिक सर्वेक्षण पेश गर्दै उनले २ प्रतिशतले गरिबी घटेर १६ प्रतिशतमा झरेको बताएका हुन् । उनले सरकारले लिएको नीतिका कारण गरिबीको रेखामुनी रहेको जनसंख्या घट्दै गएको उल्लेख गरे । आर्थिक सर्वेक्षणअनुसार मुलुकको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड छ।
कुल ऋणमध्ये आन्तरिक चार खर्ब ५१ अर्ब ९ करोड र वैदेशिक ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड छ। सर्वेक्षणअनुसार व्यापार घाटामा सुधार आएकोले शोधनान्तर स्थिति बचतमा छ। मूल्य वृद्धिदर एकल अंकमा भए पनि गत वर्षको तुलनामा यसपटक महँगी बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा