भारतबाट धमाधम नेपाली भित्रिँदै, व्यवस्थापनमा चुनौती
कैलाली । मजदूरीका लागि भारत गएका नेपालीहरु लकडाउनका बाबजुद सुदूरपश्चिम प्रदेशको त्रिनगर भन्सार नाकाबाट आउने क्रम नरोकिएपछि व्यवस्थापनमा चुनौती थपिएको छ । उनीहरुका लागि तत्काल प्रारम्भिक स्वास्थ्य चेकजाँच, खानपिन र सुरक्षित रुपमा घरसम्म पु¥याउन चुनौती देखिएको हो । यसरी आउनेलाई सम्बन्धित स्थानीय तहमा निर्मित क्वारेन्टाइनमा १४ दिनसम्म राख्ने व्यवस्था भए पनि ठूलो संख्यामा एकसाथ नेपालीहरु भारतबाट आएका कारण स्थानीय तहसम्म पुग्नु अघि आवश्यक व्यवस्थापनमा चुनौती देखिएको हो ।
भारतबाट आउनेहरुलाई सम्बन्धित स्थानीय तहको समन्वयमा पठाउने गरिएको भए पनि तत्काल यातायात, खान–बस्न र स्वास्थ्य जाँचको समस्या देखिएको हो । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकलाई गन्तव्यसम्म पठाउन चुनौती थएिको बताए । अहिले सरकारको समन्वयमा उनीहरुका लागि खाना र स्वास्थ्य परीक्षणको व्यवस्था नाकामै गरेको उनको भनाइ छ ।
१०१ डिग्रीभन्दा माथि ज्वरो आएका व्यक्तिलाई आईसोलेसनमा राखेर चेकजाँच गर्ने गरिएको उनले बताए । संक्रमणको लक्षण नदेखिएकालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाई १४ दिनसम्म क्वारेन्टाइनमा बसाउने गरी पठाउने गरिएको उनले जानकारी दिए ।
कञ्चनपुरको गड्डा चौकी नाका र कैलालीको भन्सार नाकावाट सोमबार र मंगलबार बिहानसम्ममा १८ हजार नेपाली नागरिक प्रवेश गरेको उनको भनाइ छ । त्रिनगर भन्सार नाकाबाट मात्रै अझै ३० हजार नेपाली भित्रिने उनले बताए । ‘यसरी भारतबाट धमाधम नेपालीहरु आउन थालेपछि त व्यवस्थापनमा चुनौती आइहाल्छ नै,’ उनले भने, ‘तर पनि सरकार समस्या समाधानमा निडर भएर लागिरहेको छ ।’
मंगलबार बिहानसम्ममा नेपाली नागरिक त्रिनगर भन्सार नाकाबाट आउने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए । भारतबाट आउने नेपालीको व्यवस्थापनमा स्थानीय निकाय, प्रदेश सरकार, उद्योग वाणिज्य संघ लगायत सबैको सहयोग भए पनि व्यवस्थापनमा जटिलता उत्पन्न भईरहेको उनले वताए ।
कोभिड १९ का शंकास्पद २० जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा ८, टीकापुरमा ३, जिल्ला अस्पताल डोटीमा २, बैतडीमा ४, अछाम बयलपाटामा २, डडेल्धुरामा १ गरी २० जनालाई आईसोलेसनमा राखी उपचार भईरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । आइसोलेसनमा रहेका सबै भारतबाट आएका व्यक्ति नै रहेको उनले जनाए । तस्बिर: गगन एडीको फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान