शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नापी विभागको ताकेता: अनाधिकृत नेपालको नक्सा छापे २० हजार जरिवाना

मङ्गलबार, १३ जेठ २०७७, १७ : ४०
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । हालै जारी भएको अध्यावधिक नेपालको नक्सा नापी विभागको स्वीकृतिविना व्यवसायिक रुपमा मुद्रण गरी बिक्री वितरण गरे कारवाही गर्ने चेतावनी दिएको छ । यसअघि पनि गत जेठ १० गते विभागले सूचना जारी गर्दै अनाधिकृत रुपमा नक्सा छाप्न वा बिक्री वितरण नगर्न आग्रह गरेको थियो ।

मंगलबार विभागले दोस्रो पटक अर्को सूचना निकालेर कानुनविपरित नगर्न सचेत गराएको हो । यसरी कानुनविपरित कसैले नक्सा छापे वा बिक्री वितरण गरे २० हजार जरिवाना र सो सामाग्री बरामद गर्न सकिने विभागको भनाई छ । 
‘कुनै पनि नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृत लिनुपर्ने विषय जग्गा नाँप जाँच ऐन २०१९ को उपदफा ११ घ व्यवस्था भएको हुँदा सो बमोजिम स्वीकृति लिई प्रकाशन, मुद्रण तथा बिक्री वितरण भए नभएको अनुगमन हुँदा सो कानूनी व्यवस्था विपरित पाइएमा त्यस्ता कानुन विपरित गर्ने गराउने उपर नाप जाँच ऐन २०१९ को दफा १२ को उपदफा ५ बमोजिम कारवाही हुने व्यहोरा पुन स्मरण गराउँदै यस प्रकारको गर्न नगराउन सवैलाई जानकारी गराइन्छ’ विभागका महानिर्देशक प्रकाश जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागका प्रवक्ता दामोदर ढकालले अध्यावधिक नक्सा कुनै व्यक्ति वा संस्थालाई आवश्यक भएमा विभागमा राजश्व बुझाएर लिन सकिने बताए । उनका अनुसार त्यसरी नक्सा लिँदा रु ५० तिर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप