बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुवाको जन्मदिनमा रितेश देशमुखको भावुक श्रद्धाञ्जली, उनको लुगा लगाएर आफैंलाई सुम्सुमाइरहे

मङ्गलबार, १३ जेठ २०७७, १७ : ५२
मङ्गलबार, १३ जेठ २०७७

बलिउड अभिनेता रितेश देशमुखको आफ्ना पिता विलासराव​ देशमुखको जन्मदिनमा उनलाई याद गर्दै यस्तो भिडियो बनाएका छन् जुन निकै भावुक छ । उक्त भिडियोमा रितेश ह्याङ्गरमा झुन्डिएको कुर्ता–कोट नजिकै जान्छन् र त्यसमा एउटा हात छिराएर काँध र टाउकामा आफ्नो हात यसरी राख्छन् कि झट्ट हेर्दा उनका बुवाले नै उनलाई सुम्सुमाइरहेको जस्तो देखिन्छ ।

२६ मे मा महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलासरावको ७५ औं जन्मजयन्ती हो । भिडियोमा ऋतिक रोशनको फिल्म अग्निपथको गीत बजिरहेको सुन्न सकिन्छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happy Birthday PAPPA..... Miss you everyday!! #vilasraodeshmukh75

A post shared by Riteish Deshmukh (@riteishd) on

उनले भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘ह्याप्पी बर्थडे पापा । तपाईंको अभाव प्रत्येक दिन खट्किन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप