कपिलवस्तु आगलागी, जले नौ घर
मङ्गलबार, १३ जेठ २०७७, १८ : ०९
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ मानपुरमा आगलागी हुँदा नौ घर र दुई गोठ जलेर नष्ट भएका छन् । स्थानीयवासी रमेश यादवको फुसले छाएको गोठबाट शुरु भएको आगोबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।
आगलागीबाट रु २० लाख बराबरको क्षति भएको छ । घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगोबाट मानवीय तथा चौपायाको क्षति भएको छैन । कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको हो । गर्मीयाम शुरु भएसँगै यहाँ आगलागीका घटना बढेका छन् । गत चैतमा पनि विजयनगरको गुगौलीमा आगलागी हुँदा ४९ घरगोठ जलेर नष्ट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै