शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौहटमा कोरोना संक्रमितको संख्या ७१ पुग्यो

मङ्गलबार, १३ जेठ २०७७, १८ : १२
मङ्गलबार, १३ जेठ २०७७

रौतहट  । रौतहटमा कोरोनाभाइरस संक्रमितको संख्या ७१ पुुगेको छ । मंगलवार थप २२ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै रौतहटमा संक्रमितको संख्या ७१ पुुगेको हो ।

मंगलवार स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट आएको रिपोर्टमा गौर नगरपालिकाका ७ जना, देवाही गोनाहीका ३ जना, राजदेवी नगरपालिका १ जना गरी ११ जना र ठेगाना स्पस्ट नभएका ११ जना गरी २२ जना संक्रमित थपिएको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताएका छन् ।

संक्रमित हुनेमा ३ जना बालबालिका समेत रहेको सिडिओ घिमिरेले जनाएका छन् ।

संक्रमितमध्ये गौर र राजदेवी नगरपालिकाका लाई गौर स्थित नर्सिङ क्याम्पसको आइसोलेसनमा र अन्यको सम्बन्धित नगरक्षेत्र अन्तर्गतको आइसोलेसनमा राखेर उपचार गरिने सिडिओ घिमिरेले जनाए । 
मंगलवार संक्रमित देखिएकाहरु अधिकांश भारतको विभिन्न सहरमा कामगरी फर्किएकाहरु हुन् ।

उनीहरुलाई क्वारेन्टाइनमा राखिएकोमा केहीदिन अघि थ्रोट स्वाब संकलन गराई जाँचको लागि काठमाडौं पठाइएकोमा पोजेटिभ रिपोर्ट आएको हो ।

ती सबैजना रौतहट आउँदा सिधै क्वारेन्टाइनमा पठाइएकाले अन्यलाई संक्रमणको जोखिम नभएको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले बताएका छन् ।
यसअघि हिजो मात्रै पनि सोमवार राजपुर र ईशनाथ नगरपालिकाका २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप