मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जनप्रतिनिधि हुनु त यस्तो पो !

मङ्गलबार, १३ जेठ २०७७, १८ : २२
मङ्गलबार, १३ जेठ २०७७

चितवन । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले  भारतीय सीमानामा अलपत्र परेका नगरवासीलाई  उद्धार गर्नेक्रम जारी राखेका छन्  । आफ्ना नागरिक लिन उनी बस लिएर सीमानासम्म आफै पुगेका थिए । उनका अनुसार तीमध्ये सोमबार १५ जना र अघिल्लो साता नौजना ल्याएर क्वारेन्टिनमा राखिएको छ ।  दुई दिनअघिमात्र  सुनवलबाट ६५ जनालाई माडी ल्याइ क्वारेन्टिनमा राखिएको छ  ।

झापा र नेपालगञ्जबाट भरतपुर आएर बसेका पाँचजनालाई पनि नगरपालिकाले क्वारेन्टिनमा लगेर राखिएको छ ।  अहिलेसम्म ९४ जनालाई सीमानाबाट  माडी ल्याइसकिएको छ । तीमध्ये धेरै भारतको मुम्बइका रहेका जनाइएको छ । 

नगरपालिकाले कोरोना जोखिम हुन नदिन  उच्च प्राथमिकता दिएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिले एउटा वडामा कम्तीमा एउटा क्वारेन्टिन निर्माण गर्ने निर्णय अनुसार नगरका नौवटै वडामा १२ वटा क्वारेन्टिन बनिसकेका उनले जानकारी दिए ।

उनका अनुसार आज पनि वडाध्यक्षको नेतृत्वमा सीमानामा अलपत्र परेका नागरिक लिन एउटा बस पठाइएको छ । हालसम्म त्यहाँबाट २७ जनाले नाम टिपाएको भए पनि यो सङ्ख्या थपिने उनको भनाइ छ ।  क्वारेन्टिनमा बसेकालाई त्यही खाना र आवासको व्यवस्था गरिएको छ । नगरपालिकाले कोरोनाको पिसिआर परीक्षणका लागि किट खरिद गर्न रु १० लाख बजेट छुट्याइ सकिएको छ । 

उनले भने, ‘क्वारेन्टिन व्यवस्थापन र खाजामा रु २२ लाख हाराहारी खर्च गरिसकेका छौँ ।’ नगरपालिकाले राहतमात्र दुई हजार ७६५ परिवारलाई वितरण गरिसकेको छ । यसका लागि रु ४२ लाख खर्च भएको बताइएको छ  । उनी भन्छन्, ‘हाम्रा नगरवासी विदेशमा अलपत्र पर्नुहुँदैन । ल्याएर सुरक्षित भएपछि घर पठाउने काम हाम्रो हो ।’ 

नगरपालिकाले तथ्याङ्क सङ्कलन गरेअनुसार दुई हजार आठजना माडीवासी भारतमा रहेका छन् । विदेश रहेकाको कुल सङ्ख्या चार हजार २०० हाराहारी छ । तीमध्ये २० देखि २५ प्रतिशत तत्काल आउने नगरपालिकाले जनाएको छ । यसैका लागि एउटामा १०० जना अट्नेगरी १२ वटा क्वारेन्टिन तयारी अवस्थामा छ । 

उनीसँग यसअघि गर्दी गाउँ विकास समितिको दुईपटक अध्यक्ष भएको अनुभव छ । नगरपालिकाले घरकै क्वारेन्टिनमा रहेका १२९ जनाको अनुगमन, वगई स्वास्थ्य डेस्क, १०० श्ययाको अफिसियल क्वारेन्टिन, बघौडा अस्पतालमा पाँच श्ययाको आइसोलेशन, १४६ जनाको ¥यापिट डाइग्नोष्टिक टेष्ट, १९ जनाको पिसिआर परीक्षण, दीर्घरोगी, ज्येष्ठ नागरिकलाई घरमा नै औषधि, जिल्ला र देशका विभिन्न ठाउँमा रहेका एक हजार जनाको उद्धार र स्वास्थ्य परीक्षण गरिसकेको छ । 
माडी चितवन राष्ट्रिय निकुञ्ज, चुरे पहाड र वन क्षेत्रको बीचमा रहेको छ । वन्यजन्तुको त्रासमा बाँच्न विवस माडीवासी सुगम जिल्लाका भएर पनि विभिन्न खालका समस्या भोग्न बाध्य छन् । नगरपालिकामा ४३ हजार ४०२ जनसङ्ख्या रहेको छ । 

कसरामा हेल्थडेस्क, सुरक्षाकर्मीलाई सुरक्षा कवज, बघौडा अस्पतालको नेतृत्वमा र समन्वयमा एम्बुलेन्स सेवा व्यवस्थितरुपमा सञ्चालनजस्ता गतिविधि गरिएको छ । साथै माडीका सञ्चारमाध्यमलाई सङ्कटमा सन्देश प्रसारण गर्न बजेट विनियोजन गरी काम अघि बढाइएको छ ।  ‘पूरै ध्यान केन्द्रित गरी काम ग¥यो भने केही गर्न सकिन्छ’ भन्ने उदाहरण नगरप्रमुखले देखाएको जिल्लावासी बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप