बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी सञ्चय कोषले सुरु गर्यो विशेष सापटी सेवा

मङ्गलबार, १३ जेठ २०७७, १८ : ५७
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं–कर्मचारी सञ्चय कोषले कोरोनाभाइरस (कोभिड–१९)का कारण चैत ११ देखि नेपाल सरकारले लकडाउन गरेसँगै बन्द रहेका कोषका सेवाहरु मध्ये अनलाइनमार्फत विशेष सापटी सेवा प्रदान गर्न सुरु गरेको छ ।

लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई ध्यान दिँदै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले जेठ १३ देखि अनलाइनमार्फत विशेष सापटी प्रदान गर्न सुरु गरेको हो ।

सेवा अन्तर्गत आज दार्चुला स्थित बैंकमा रहेका सम्बन्धित सञ्चय कोषको खातामा र ललितपुर स्थित बैंकमा रहेको सम्बन्धित सञ्चय कोषको खातामा रकम जम्मा गरी २ जना सञ्चय कर्तालाई विशेष सापटी वापतको रकम अनलाइनमार्फत प्रदान गरिएको कोषले जनाएको छ । 

कोषबाट सुरु गरिएको अनलाइन विशेष सापटी सेवालाई निरन्तरता दिइने र यो सेवा लिनका लागि विशेष सापटी लिन योग्यता पुगेका, व्यक्तिगत केवाइसी, अपडेट र अफिस केवाइसी अपडेट अनिवार्य भएको छ । त्यसैगरी सवै सञ्चय कर्ताहरूलाई केवाइसी अपडेट गर्न र कोष कट्टी गरी पठाउन कोषले अनुरोध गरेको छ ।

अनलाइनमार्फत विशेष सापटी लिने विस्तृत प्रक्रिया कोषको वेवसाइटमा पनि राखिएको कोषले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप