रौतहटका २ स्थानीय तहमा निषेधाज्ञा जारी
रौतहट । रौतहटको दुईवटा स्थानीय तहमा मंगलवार निषेधाज्ञा जारी गरिएको छ । जिल्लाको दक्षिणी भेग राजपुर नगरपालिका र ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । दुवै नगरपालिकामा पटक–पटक कोरोना भाईरसको संक्रमित पुष्टी भएपछि जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरीएको रौतहटका प्रमुख जिल्ला अधिकारी वादुदेव घिमिरेले जानकारी दिए ।
आज एक सूचना जारी गर्दै अर्को आदेश नआएसम्मको लागी राजपुर र ईशनाथ नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । अहिले दुबै स्थानीय तहमा बाहिरबाट आउने मानिसहरुको आवतजावत रोक्न सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।
जिल्लामा क्वारेन्टाइनको अवस्था
उता, रौतहटका विभिन्न स्थानिय तहले निर्माण गरेका क्वारेन्टाईनमा बस्ने शंकास्पद बिरामीको संख्या ३ हजार नाघेको छ । भारतका विभिन्न सहरबाट आउनेको संख्या बढेसँगै क्वारेन्टाइनमा बस्नेकोे संख्या एक्कासि बृद्धि भएको हो । भारतबाट आउनेहरुलाई बस्नका लागि जिल्लाका २६ स्थानमा क्वारेन्टाईन निर्माण गरिएको छ ।
मंगलवार अपरान्हसम्म क्वारेन्टाईनमा बस्नेको संख्यामा बृद्धि भई २ सय ११ महिलासहित ३ हजार १ सय ७४ पुुगेको घिमिरेले जानकारी दिए । क्वारेन्टाइनबाट ८ सय २१ जना घर फर्किएको समेत उनले जानकारी दिए । त्यस्तै कूल ११ सय ७८ जनाको स्वाब संकलन गरी जाँचको लागी पठाइएकोमा ७१ जना पोजिटिभ, ५ सय ७१ नेगेटिभ र अन्यको नतिजा आउन बाँकी रहेको उनले बताए ।
भारतका विभिन्न सहरमा रोजगारीको सिलसिलामा बसेका रौतहटेलीहरु फर्किने क्रम बढेसँगै प्रत्येक स्थानीय तहहरुमा पाँच– पाँच सय बेडको क्वारेन्टाईन निर्माण गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन समेत दिएको छ । त्यसैगरी फतुवा बिजयपुर नगरपालिकामा अर्को पनि क्वारेन्टाइन निर्माण गरिएको छ ।
यसअघि एउटा मात्र क्वारेन्टन सञ्चालन गर्दै आएको नगरपालिकाले हिजोदेखी दोस्रो स्थान बिजयपुर माविको भवनमा क्वारेन्टाईन सञ्चालनमा ल्याएको हो । नयाँ क्वारेन्टाईनमा मंगलवार अपरान्हसम्म ३५ जना शंकास्पद बिरामीको उपचार भइरहेको नगर स्वास्थ संयोजक भागवत चौधरीले बताए । उता, दुधिअवा माविस्थित पहिलो क्वारेन्टाइनमा पाँचजना शंकास्पद बिरामीको उपचार भइरहेको नगरस्वास्थ सहसंयोजक प्रभु पटेलले जानकारी दिए ।
यता, रौतहटको देवाहीगोनाही नगरपालिका अन्तरगत जयकिसान पोलिटेक्निकल क्याम्पसमा रहेको क्वारेन्टाईनमा बस्ने शंकास्पद बिरामीलाई निकै कठिनाई भइरहेको बताइएको छ ।
भवनको क्षमताभन्दा बढी बिरामी भएकाले बस्न, खान, सौचालय, पानी सबै किसिमको सुबिधामा समस्या भइरहेको नगर प्रत्यासी भोला यादवले बताए । नगर स्वास्थ संयोजक नागेन्द्र कुश्वाहासँग अवस्थाबारे बुझन खोज्दा उनको मोबाइल अफ थियो ।
नगरपालिका स्रोतका अनुसार देवाही गोनाही नगरपालिका अन्तरगत जयकिसान माविमा अर्को क्वारेन्टाईन बनाउन खोज्दा स्थानियले बिरोध गरेका छन् । सोही कारण क्वारेन्टाइन बिस्तार हुन नसक्दा कठिनाई भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा मन्त्रिपरिषद् बिस्तार
-
पूर्व श्रममन्त्री भण्डारीले गरेको विवादास्पद निर्णय खारेज
-
मदिराको तालमा साथीको हत्या, ७ जना पक्राउ
-
सुरक्षा माग्दै रामहरि श्रेष्ठकी पत्नीले भेटिन् गृहमन्त्रीलाई
-
ओलीको बुद्धि पलाउने बेला रौँ पलाउन थालेछ : विरोध खतिवडा
-
सोडारीको दाबीमा नाउपाका पाँच सांसदको आपत्ति, पुगे प्रदेश प्रमुखको कार्यालय