केन्द्रीय संस्करण

गोकर्णेश्वर-४ का सङ्क्रमितको सम्पर्कमा आएका सबैको परिणाम नेगेटिभ

person explore access_timeजेठ १३, २०७७ chat_bubble_outline0

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ का कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैको परीक्षणको नतिजा नेगेटिभ आएको छ । नगरपालिकाका पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ का स्थानीयवासी भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय पुरुषको सम्पर्कमा आएका त्यस क्षेत्रका १९७ जनाको ट्रेसिङ गरी आरडिटी परीक्षण गरिएको थियो । आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएकामा पिसिआर परीक्षण गरेपछि सबैको नतिजा नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएका आठजनाको सम्पर्कमा आएका १६ जनाको पनि पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको उनले बताए । परीक्षणको परिणाम आउनुअघि पोजेटिभ आएकालाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो । पिसिआरको परिणाम नेगेटिभ आएपछि सबैलाई घर पठाइएको नगरपालिकाले जनाएको छ ।

यसअघि नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पिसिआरको प्रतिवेदन भने नेगेटिभ आएको थियो । नगरपालिकामा हाल दुईजना कोरोना सङ्क्रमित पुष्टि भएपछि दुवै जनालाई आइसोलेशनमा राखी उपचार भइरहेको छ ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं अग्रभागमा रहेर सेवा दिने ९७ जनाको पिसिआर परीक्षणका लागि आज स्वाब सङ्कलन गरिएको छ । जनप्रतिनिधि, कर्मचारी र नेपाली सेना गरी ९७ को स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए । नगरपालिकामा यसअघि गरिएका आरडिटी र पिसिआर परीक्षणको प्रतिवेदन नेगेटिभ आएको जनाइएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.