मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा घरमै बसेर नगद उपहार जित्न सकिने ‘क्याक क्विज’ एप सञ्चालनमा

मङ्गलबार, १३ जेठ २०७७, २१ : २१
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं– लकडाउनका बेला घरमै बसिरहेकाहरुलाई मध्यनजर गरेर ज्ञान बढाउने उद्देश्यका साथ क्यास क्विज एप सञ्चालनमा आएको छ । होम सर्भिस नेपालले इनोभेशन वेभ ग्रुपसँगको सहकार्यमा डेभलप गरी सञ्चालनमा ल्याएको एप लोकसेवा तयारी गर्नेहरुलाई मात्र नभई सबैलाई उपयोगी हुने किसिमको छ ।

लकडाउनमा घरमा बसिरहेकाहरुलाई मनोरन्जन, ज्ञानको साथमा नगद उपहार समेत जित्न सक्ने गरी ‘क्विज खेलौं नगद जितौं’ योजना सहित मोबाइल एप संचालनमा ल्याइएको होम सर्भिस नेपालका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले जानकारी दिए । लकडाउनका कारण विद्यालय तथा कलेज जान नपाएका विद्यार्थी लोकसेवाको तयारी गरिरहेकाहरु लगायत आम मानिसलाई एप उपयोगी हुने श्रेष्ठले बताए । 

क्यास क्विजमा सहभागी भएर जितेको नगद उपहारले मोवाइल टपअप गर्न सकिने छ । एपमा प्रश्नोत्तर खेलका आधारमा एकपटकमा एक हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म जित्न सकिने छ । केहि समय पश्चात नगद उपहारको सीमा ५० हजार रुपैंयासम्म पुर्याउने तयारी भैरहेको श्रेष्ठले जानकारी दिए । 

विशेष गरेर लोक सेवा आयोगको तयारी गरिरहेकाहरुलाई लक्षित गरेर बनाइएको यो मोबाइल एप लकडाउनका बेला लोकप्रिय बन्दै गएको छ । हाललाई गूगल प्लेमा मात्र उपलब्ध यो एप २ सातामा १५ हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् । 

विद्यालय तथा कलेजका विद्यार्थीकोहरुको सहभागिता धेरै बढेको इनोभेसन वेब ग्रुपका प्रबन्ध निर्देशक दिपेश बर्तौलाले जानकारी दिए । उनका अनुसार क्यास क्वीजको यूट्यूब च्यानलमा राखिएका क्विज सम्बन्धि भिडियोमा अधिकांस प्रनोत्तरलाई समेटिएको छ । च्यानलको भिडियो हेर्नेहरुलाई क्वीजमा सहभागि हुन धेरै सहज हुने उनले बताए । 

हरेक दिन साँझ ५ बजे र ९ बजे सञ्चालन हुने लाइभ गेममा सहभागि हुनेहरुले मात्र नगद उपहार जित्न सक्ने छन् । अन्य समयमा प्राक्टिस मोडमा क्वीज गेम खेल्न सकिनेछ ।

क्यास क्विज एप प्रयोग गर्न इन्टरनेट कनेक्सन अनिवार्य गरिएको छ । लाइभ क्विज गेम सुरु हुने समयमा एप खोलेर सहभागिता जनाउनु पर्ने हुन्छ । सहभागि भएको केही बेरमा खेल सुरु हुन्छ । खेल सुरु हुने समयसम्ममा खेलमा सहभागि नभएकाहरुले अर्को पटक मात्र खेल खेल्न सक्छन् । तर प्राक्टिस मोडमा कुनै पनि समयमा खेल्न सकिन्छ । 

अहिले दिनको २ पटक सञ्चालन हुने लाइभ गेममा क्यास क्विजले सोधेको प्रश्नको जवाफ दश सेकेन्ड भित्र दिनु पर्ने हुन्छ । जवाफ नआएमा लाइफ लाइनको समेत प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । १० वटा प्रश्न सोधिने एक खेलमा आठौं प्रश्नसम्म २ पटक लाइफलाइन प्रयोग गर्न सकिन्छ । 

क्यास क्विजले सोधेका दश वटै प्रश्नको सही जवाफ दिने व्यक्तिलाई विजेता घोषणा गरिनेछ । दुई वा दुई भन्दा बढी सहभागीले दश वटै प्रश्नको सहि जवाफ दिएमा तोकिएको नगद उपहार सबैलाई बराबर बितरण गर्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप