शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबार कस्तो छ तपाईंको राशिफल ?

बुधबार, १४ जेठ २०७७, ०६ : ४६
बुधबार, १४ जेठ २०७७

वि.सं.२०७७ साल जेठ १४ गते । बुधबार । ईश्वी सन् २०२० मे २७  तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– पञ्चमी,४३ घडी १९ पला,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– पुनर्वसु , ०२ घडी ४१ पला,बिहान ०६ बजेर १६ मिनेट उप्रान्त तिष्य । योग– वृद्धि,५० घडी ०५ पला,रातको ०१ बजेर १४ मिनेट उप्रान्त ध्रुव । करण– बव,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–गद योग । चन्द्रराशि–कर्कट ।

काठमाडौँमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३४ घडी ०९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाइलो लाग्नेछ । पढाइ लेखाइमा मन नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेकोछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यावसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै–झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्यसम्वन्धि सामान्य समस्याले सताउनेछ । विद्यामा अरुभन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुदा मनमा निराशा पैदा हुनेछ । दाजुभाई तथा छिमेकी सँगको सम्बन्धमा गिरावट आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेर थेरै कामहरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कामहरु स्वतः स्फुर्त रुपमा अगाडी बढ्नेछन् । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्त तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी कृषिमा लगानी गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउन सक्छन्, ध्यान दिनुहोला । तपाईंको राम्रा विचारलाई अरुले गलत तरिकाले व्याख्या गरी साख गिराउन खोज्नेछन् । विद्या तथा प्रतिस्पर्धामा अरु नै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सुरु गरीएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । विशिष्ट व्यक्ती हरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । समयले साथ दिने हुँदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

काम गर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी  गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । पढाइ लेखाइ अधुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना घट्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा नाफा कमाउँन बढी नै संघर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपूर्ण हुनसक्छ । स्वास्थ्य सम्वन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुदा मनमा अशान्तिले गतिलो डेरा जमाउनेछ । पारिवारिक सम्बन्ध तथा पति पत्नी बीचको सम्बन्धमा केहि खल्लो अनुभूति भएको महसुस हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सानातिना काममा समय व्यातित हुँदा महत्त्वपूर्ण कामहरु थाति रहनेछन् । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्ययम रहेको छ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो आउने छैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पत्ति लाभ हुने समय रहेकोछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र ।

चाबहिल,काठमाडौं फोन न. ९८०८३०७२७५

नोटः चिना तथा टिप्पन बनाउन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप