बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी जासूस भएको आशंकामा काश्मिरमा परेवा पक्राउ

बुधबार, १४ जेठ २०७७, ०८ : ३७
बुधबार, १४ जेठ २०७७

काश्मिरको कटुवा जिल्लास्थित गितादेवीको घरमा भेटिएको परेमा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको छ । २४ मेमा यो परेवा गिता देवीको घरमा पसेको थियो, त्यसयता यो परेवामाथि पाकिस्तानी जासूस हुनसक्ने आरोप लागेको थियो । यो परेवाको खुट्टामा रातो रंग पोतिएको छ र नम्बर अंकित एउटा रिङ पनि लगााइएको छ ।

‘हामीलाई थाहा छैन यो कहाँबाट आयो । स्थानीयले यसलाई हाम्रो बार नजिकैबाट कब्जामा लिएका हुन् । हामीले यसको खुट्टामा औँठी भेटेका छौँ, जहाँ नम्बर लेखिएको छ र अनुसन्धान जारी छ,’ कटुवा प्रहरीका सिनियर सुपेरिटेन्डेनट सैलेन्द्र कुमार मिश्रले  भने ।

द टेलिग्राफसँगको कुराकानीमा एक प्रहरी अधिकारीले भनेका छन्, ‘चराको कुनै सीमा हुँदैन र बसाईसराईका कारण उनीहरु अन्तर्राष्ट्रिय सीमा काटेर जान्छन् । तर, नम्बर कोड गरिएको रिङ लगाइएको परेवा सरोकारको विषय हो किनकी घुमन्ते चरामा यस्तो लगााइएको हुन्न ।’

प्रहरीले अनुसन्धान नसकिएसम्म यो परेवालाई हिरासतमा राख्ने जनाएको छ । भारत र पाकिस्तान हुँदै डुलेर जासूसी गरेको अभियोगमा परेवा पक्राउ परेको यो पहिलो होइन । २०१५ मा यसैगरी मन्वाल  गाउँमा परेवा भेटिएको थियो । त्यस चरामा पनि उर्दूमा केही सन्देश तथा नम्बर समेत लेखिएको स्ट्याम्प लगाइएको थियो । यद्यपी चराको एक्स र गर्दा केही शंकास्पद वस्तु भेटिएन । तर, प्रहरीले हिरासतमै राखेर यस चरालाई ‘शंकास्पद जासूस’ भन्यो ।

स्रोतः डेली मेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप