केन्द्रीय संस्करण
सीमा विवाद

नरवाणेको असंवेदनशील टिप्पणी : भारतीय सेनाका ४० नेपाली बटालियनको अवमूल्यन

person explore access_timeजेठ १४, २०७७ chat_bubble_outline0

अर्कै देशको इशारामा काठमाडौँले सीमा समस्याबारे विरोध प्रदर्शन ग¥यो भन्ने भारतीय सेनाका प्रमुख एमएम नरवाणेको आक्षेप गैरजिम्मेवारपूर्ण छ । दुवै देशको सेनाको सेना प्रमुखको हैसियतमा रहेका नरवाणेको भनाइ हानिकारक छ ।

नेपाली सेनाका मानार्थ जनरल नरवाणेले आफ्नो पदको  गरिमा राखेनन्, उनले त्यस्तो पानीमा खुट्टा चोबले जो स्पष्ट रुपमा सैन्य क्षेत्र बाहिरको विषय थियो र यसले दुई सेनाबीचको विशेष सम्बन्धमा अनावश्यक दरार ल्यायो ।

खासगरी यसकारण पनि किनकी भारतीय सेनाका ७ गोर्खा रेजिमेन्टमा झन्डै ४० वटा बटालियन समावेश छन् र अधिकांश सैनिक नेपालबाट भर्ती हुन्छन् ।

नरवाणेले पछिल्लो विगतदेखि फैलँदै गरेको त्यस्तो दुःखद् उदाहरण पछ्याए, जहाँ धेरै बोल्ने सैन्य प्रमुख प्रवक्ता सरह दरिन्छन् ।

विश्वका सार्वभौम देशमध्ये नेपाल र भारतबीच निकै सौहार्द र नजिकबाट जोडिएको सामाजिक सम्बन्ध मात्रै होइन, संभव भएसम्मको गहिरो सैन्य सम्बन्ध पनि छ । कहीँ पनि दुई देशका सेना नेपाल र भारतका सेनाजसरी नजिकबाट जोडिएको छैनन्, र अनावश्यक अनि गैर सैन्य आवाजले  यो अतुलनीय तथा समयले परीक्षण गरेको सम्बन्धमा तनाव ल्याएको छ ।

मनोहर परिकार इन्स्टिच्युट फर डिफेन्स स्टडिजले १५ मेमा आयोजना गरेको अनलाईन सेमिनारमा बोल्दै जनरल नरवाणेले नेपालसँगको सीमा समस्याबारे भने – ‘मलाई थाहा छैन उनीहरुलाई साँच्चै के कुराले समस्या छ । यसबारे विगतमा कहिल्यै कुनै समस्या थिएन । यसमा विश्वास गर्नुपर्ने कारण छ कि उनीहरुले कसैका तर्फबाट यो समस्या उठाएका हुनसक्छन् र यसको संभावना धेरै छ ।’

कारिआप्पाको निर्देशन बिर्सदै

नेपाल–भारत दुबैतर्फ अर्को देशका सेना प्रमुखलाई मानार्थ सेनापति दिने चलन सन् १९५० मा तत्कालीन जनरल (पछि फिल्ड मार्सल) केएम करियप्पाको पालामा सुरु भएको हो । शाही नेपाली सेनाले उनलाई मानार्थ सेनापतिको उपाधि दियो र त्यसयता दुबै देशमा यो चलन रहिआएको छ । दुई देशका सार्वभौम सेनाबीच यस्तो सम्मान र आदरभाव दुर्लभै देखिन्छ ।

भारतीय सेनका हकमा, करियप्पाले असल सेनाका लागि आफ्नो आचरणको ह्यान्डबुकसँगै एउटा अफिसरबाट के अपेक्षा गरिन्छ भनेर लेखेका छन्,  यसको प्रयोग गलत ठाउँमा भएजस्तो देखिन्छ । अर्कोतर्फ,  सायद यो पहिलोपटक हो जब सैन्य प्रमुखले नेपालको राजनीतिक र कुटनीतिक कदमबारे सवाल उठाएका छन् ।

यसले दिमागमा महान् फिल्ड मास्टर साम मानेकसाको बोली सम्झाइदिन्छ । भारत विभाजन भएपछि उनी ८ गोर्खा राइफल्समा आबद्ध थिए, उनको फ्रन्टियर फोर्स बटालियन पाकिस्तान आर्मीको हिस्सा बनेको थियो ।

जसलाई हामी सप्रेम सामबहादुर भन्छौं, उनले देश र सेनाबारे सान्दर्भिक धेरै महत्त्वपूर्ण अभिव्यक्ती छाडेर गएका छन् । एक गोर्खाका रुपमा आज आजको विवाद देखेको भए उनी पक्कै तनावमा हुने थिए । ‘भारतमा समस्या यही हो कि जब हामीमध्ये कसैलाई शक्तिको पदमा दिइन्छ । लगत्तै उसले आफुसँग सम्पूर्ण ज्ञान भएको महसुस गर्छ,’ उनले भनेका थिए ।

नेपालका नागरिकले पहिले तालिम लिन्छन् र त्यसपछि भारतको राष्ट्रिय सुरक्षा स्वार्थ रक्षा गर्ने कसम खान्छन् । अनि दशकौंदेखि उनीहरु त्यही कसममा बाँचेका छन्, धेरैपटक उनीहरुले बलिदानी दिएका छन् ।

भारतीय सेनाका ७ गोर्खा रेजिमेन्टले देखाएको निकटता र आत्मविश्वास आज अतुलनीय छ । नेपालमा भारतीय सेनाको पेन्सन थाप्नेहरुको संख्या १ लाख ३० हजारको हाराहारीमा पुग्न लागिसकेको छ ।

नेपालस्थित भारतीय दूतावासमा परिचालित सैनिक अधिकारीको संख्या भारतीय कुटनीतिक मिशनकै सर्वाधिक ठूलो हुनसक्छ । अनि यसमा सैन्य मेडिकल स्टाफलगायत पनि समावेश छन्, नेपाली गोर्खा सैनिक र उनीहरुको परिवारलाई दिइएको महत्त्वको यो सान्दर्भिक प्रमाण हो ।

सेनाप्रमुखको आक्रोश

भारतलाई सैनिक, सेवा र धेरैपटक बलिदानी समेत दिएर धेरै गुन लगाएको नेपालको विश्वसनीयताका जनरल नरवाणेले अवमुल्यन गरेका छन् । नेपालमा भारतीयहरुको गहिरो पारिवारीक सम्बन्धले यो विवादलाई थप अनावश्यक देखाउँछ ।

मधेसीको सरोकारमाथि काठमाडौं र अन्यत्र आक्रोश कायमै रहेपनि नेपालमाथिको भारतको हस्तक्षेपकारी दृष्टिकोण फेरि एकपटक त्यहाँ तातो बहसको विषय बनेको छ । नरवाणेको स्वार्थी बोली नरेन्द्र मोदी सरकारभित्रका कसैबाट प्रेरित छैन भनेर नेपाल वा भारतका कुनै पनि सैनिक विश्वास गर्दैनन् ।

यो खासमा फैलाइएको कठोर कानेखुसी हो । यसले मेरो दिमागमा फेरि अर्को एक किस्सा ल्याइदिएको छ । जब, पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले तत्कालीन सेना प्रमुख सामबहादूरलाई सैन्य ‘कू’ हल्लाबारे सोधेकी थिइन् । आपसी सम्मान त्यतिबेला अलग नियम थियो । उनले स्मरणीय रुपमा भनेका थिए, ‘तपाई आफ्नो कामबारे ध्यान दिनुस् । म मेरोमा ध्यान दिन्छु । तपाई आफ्नो मायालुलाई किस गर्नुस् । म मेरोलाई गर्छु । म राजनीतिमा त्यतिबेलासम्म हस्तक्षेप गर्दिंनँ, जबसम्म सेनामा मलाई कसैले हस्तक्षेप गर्दैन ।’ सायद, सामबहादरले आजको शृङ्खलालाई पक्कै फरक तरिकाले हल गर्ने थिए ।

(लेखक भारतीय कंग्रेसका नेता तथा डिफेन्स एन्ड सेक्युरिटी अलर्टका प्रधान सम्पादक हुन् । )

द प्रिन्टबाट

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.