बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्न म्युनिख लगातार आठौँ उपाधि नजिक

बुधबार, १४ जेठ २०७७, १० : ११
बुधबार, १४ जेठ २०७७

जर्मन बुन्डेसलिगामा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले उपाधि रक्षा अभियान बलियो बनाएको छ । बायर्नले मंगलबार दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई हराउँदै लिगमा ६ खेल बाँकी छँदा ७ अंकको अग्रता लिएको हो । 
जोसुवा किमिचले २० यार्ड परबाट गरेको उत्कृष्ट गोलसँगै बायर्नले घरेलु टोली डर्टमुन्डलाई पहिलो हाफअघि नै स्तब्ध पारेको थियो । दोस्रो हाफमा डर्टमन्डले इङल्यान्डका जाडोन सान्चोन मैदानमा उता-यो, तर उनले आफ्नो टोलीलाई खेलमा फर्काउन सकेनन् । 

खेलअघि यो प्रतिस्पर्धामा युरोपका दुई उत्कृष्ट स्ट्राइकर बायर्नका रोबर्ट लेवान्डोस्की र डर्टमुन्डका इर्लिङ्ग हाल्यान्डको भूमिका निर्णायक हुने अनुमान लगाइएको थियो । दुबै स्ट्राइकरले यस सिजन ४१ खेलबाट ३५ गोल गर्दै युरोपका शीर्ष गोलकर्ताको सूचीमा आफुलाई उभ्याएका छन् । 

लगातार आठौँ उपाधि नजिक 
 

डर्टमुन्डले पछिल्लो पटक २०१०–११ र २०११–१२ को सिजन बुन्डेसलिगा जितेको थियो । यतिबेला योर्गान क्लोप डर्टमुन्डका प्रशिक्षक थिए । त्यसयता, बायर्नले पछिल्लो ७ अवसरमा लगातार उपाधि जित्यो । अब, अन्तिम ६ मध्ये ४  खेल जित्नसके लगातार आठौँपटक बायर्न च्याम्पियन हुनेछ । बायर्न म्युनिख यस सिजन जर्मन कपको सेमिफाइनलमा पुगिसकेको छ र च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लिगमा उसले चेल्सीविरुद्ध ३–० को अग्रता लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप