रक्साैलमा अलपत्र नेपालीलाई नेपाल भित्र्याइयो
बुधबार, १४ जेठ २०७७, १० : ५४
भारतकाे रक्सौलमा अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन सुरु गरिएको छ ।
बुधबार बिहान ८ बजेदेखि वीरगञ्ज रक्सौल नाकाबाट नेपाल भित्र्याउन सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
पर्साका नागरिकलाई जिल्लाकै क्वारेन्टाईनमा राखिने छ भने अन्य जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लाले लैजाने व्यवस्था गरिएको पनि उनले बताए ।
२५ जिल्लाका ३५० बढी नागरिकहरू वीरगन्ज रक्साैल नाका भएर नेपाल भित्रिदै छन् । दाङ, रुकुम लगायत जिल्लाबाट गाडी नै बीरगञ्ज पुगिसकेको बस्नेतले बताए । केही दिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी