कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने
कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।
मास्क प्रयोग नगरी यात्रा गरे/गराएमा कारवाही हुने रोग नियन्त्रण महाशाखा केसिडीसीले बताएको छ । नियम उल्लङ्घन गर्ने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइ कानूनअनुसार कारवाहीसमेत गरिने नियममा उल्लेख छ ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुलाई भने आजदेखि यो नियम लागू हुने जनाइएको छ । सार्वजनिक यातायातबाट कोरोना सङ्क्रमण फैलिने जोखिमदर उच्च हुने भएकाले सङ्क्रमण नफैलियोस् भनेर यो नियम जारी गरिएको जनाइएको छ । नियमानुसार मास्क नलगाइ यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउनसमेत सक्नेछन् ।
यससँगै केही अघि मात्र इथेवन शहरको एक रात्रि क्लबबाट सङ्क्रमण फैलिएपछि यहाँका क्लब तथा बारहरु पनि बन्द गरिएका छन् । कोरियामा ११ हजार २२५ कोरोना सङ्क्रमित छन् भने १० हजार २७५ बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरियामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)