नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा इलाम जिल्लामा स्वास्थ्य सामग्री वितरण
काठमाडौं– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जिल्ला प्रशासन कार्यलय इलामको सिडिओ तुलसी राम सेडाई र सशस्त्र पहरी उपरीक्षक रोसन श्रेष्ठलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
महासंघको १ नं प्रदेश कमिटीको संयोजक विशन शाक्य, कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा ५००० (पाँच हजार) थान मार्क्स र २० थान पीपीई हस्तान्तरण गरेको हो ।
अहिलेको विषम परिस्थितिमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र माक्स सहयोग गर्नुभएकोमा महासंघलाई सिडिओ तुलसी राम सेडाईले कृतज्ञता ब्यक्त गर्दै विशेष धन्यवाद दिए । उनले पीपीई र मार्क्स इलामका सरकारी अस्पताल र स्वास्थ चौकीहरूको फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकहरूलाई प्रदान गर्ने जानकारी दिए ।
सशस्त्र प्रहरी उपरिक्षक रोशन श्रेष्ठले महासंघले काठमाडौंबाट अहिले महामारीको अवस्थामा इलाम जिल्लाका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा खुशी ब्यक्त गर्दै महासंघ र १ नं प्रदेश कमिटीलाई विशेष धन्यवाद दिए ।
महासंघको १ नं प्रदेश कमिटीका संयोजक बिशन शाक्यले महासंघले सामाजिक दायित्व अन्तर्गत यस अगाडि पनि धरान वीपी कोईराला स्वास्थ प्रतिष्ठानको लागि धरान महानगरपालिकामा र मोरङ जिल्ला बिराटनगरको कोशी अस्पतालको लागि मार्क्स र पिपिई प्रदान गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै