मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई सबैभन्दा बढी आयकर बुझाउँछन् वित्तीय क्षेत्र, औद्योगिक क्षेत्र सबै भन्दा कम तिर्छन्

बुधबार, १४ जेठ २०७७, १३ : ००
बुधबार, १४ जेठ २०७७

सरकारलाई सबैभन्दा बढी आयकर वित्तीय क्षेत्रले बुझाएका छन् । यो क्षेत्रको मात्र सरकारको कोषमा ६ अर्ब ९४ करोड ३० लाख जम्मा भएको छ । 

आर्थिक वर्ष २०७५/७६ मा वित्तीय क्षेत्रले सो आयकर बुझाएका हुन् । विभिन्न क्षेत्रगत संस्थानको  कुल आयकरमा वित्तीय क्षेत्रको मात्र ३९ प्रतिशत योगदान छ ।  वित्तीय क्षेत्रअन्तर्गत बैंक, फाइनान्स, लघुवित्त, सहकारी लगायत पर्छन्  । 

औद्योगिक क्षेत्रले १ करोड ७२ लाख रूपैयाँमात्र आयकर बुझाएका छन् । यो भनेको जम्मा ०.१० प्रतिशतमात्र योगदान हो । सार्वजनिक संस्थानबाट सरकारको सञ्चित कोषमा सार्वजनिक संस्थानबाट १७ अर्ब ५७ करोड २७ लाख आयकर योगदान भएको छ । 

यो गत वर्षको तुलनामा आयकरमा २७.८४ प्रतिशतले बढी हो । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाले यस्तो देखाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप