शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा नाकामा अलपत्र एक नेपालीको मृत्यु

बुधबार, १४ जेठ २०७७, १३ : २९
बुधबार, १४ जेठ २०७७

जनकपुर । नेपाल-भारत सीमानाका  जटहीमा अलपत्र एक जनाको मृत्युु भएको छ ।

धनुषाको शहिदनगर नगरपालिकाका वडा नम्बर ९ स्थित गोठकोयलपुरका ३० वर्षीय युवकको मृत्यु भएको हो । 

भारतमा रोजगारी गुमेपछि  जटही नाकामा आएका उनको खान समेत नपाएर कष्टकर जीवन जिउन पर्दा मृत्यु भएको दावीसहित नाकामा अलपत्र रहेका अन्य नेपालीहरुले प्रदर्शन गरेका छन् । 

घटनापछि नेपाल प्रवेश गरी उनीहरुले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।

 जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएको उनीहरुको दावी छ । 

मृतकले अहमदावादमा होटलमा कुकको रुपमा काम गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप