बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भृकुटीमण्डपको प्रदर्शनी हललाई क्वारेन्टाइन बनाउन भीमसेनदास प्रधानको माग

बुधबार, १४ जेठ २०७७, १४ : ४५
बुधबार, १४ जेठ २०७७

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंको भृकुटीमण्डपमा रहेको प्रदर्शनी हल, वीर अस्पतालको नयाँ भवन र सेनाको अस्पताल भवनलाई क्वारेन्टाइन स्थल बनाउन माग गरेका छन् । 
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कोरोना भाइरस दिनदिनै बढिरहेको बताउँदै भृकुटीमण्डपमा १ सय जना अट्ने क्वारेन्टाइन बनाउन आग्रह गरे । 
उनले सीमा नाका सिल नभएको र मानिसहरु आइरहेकाले भोलिका दिनमा काठमाडौंमा भयावह हुन सक्ने भन्दै ती क्वारेन्टाइन काम लाग्ने बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप