सांसदको स्वास्थ्यमन्त्रीलाई प्रश्न –‘आरडीटी परीक्षणमा ५६ जना पोजिटिभ, पीसीआरमा किन शुन्य ?’
बुधबार, १४ जेठ २०७७, १४ : ४८
काठमाडौं क्षेत्र नम्बर १० का सांसद राजन केसीले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउँदै कोरोना परीक्षणमा आरडीटी भरपर्दो नहुँदा नहुँदै किन त्यसलाई नै प्राथमिकता दिएको भन्दै प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले आफ्नो निर्वाचन क्षेत्रको चन्द्रागिरी नगरपालिकामा आरडीटी परीक्षण गर्दा ५६ जनामा पोजिटिभ देखिएपछि क्वारेन्टाइनमा राखेको तर पीसीआरमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।
उनले विश्व स्वास्थ्य संगठनले पनि मान्यता नदिएको आरडीटी प्रविधि गलत रहेको भन्दै मन्त्रीले आरडीटीलाई किन प्राथमकिता दिएको भन्दै प्रश्न गरे ।
५ दिनसम्म ५६ जना र उनका परिवार आतंकित भएको बताउँदै पिसीआर नै भरपर्दो हुने भएकोले त्यसलाई नै अघि बढाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर