बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थप २८ जनाले जिते कोरोनाभाइरस, कोरोना निको हुनेको संख्या १८३ पुग्यो

बुधबार, १४ जेठ २०७७, १६ : ५०
बुधबार, १४ जेठ २०७७


काठमाडौं । नेपालमा थप २८ जनाले कोरोनाभाइरस जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको पत्रकार सम्मेलनमा २८ जना कोरोना मुक्त भएको भन्दै योसँगै निको हुनेको संख्या १८३ जना पुगेको जानकारी दिएको हो । 
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पर्साका २१ जना कोरोना निको भएर घर फर्किएका छन् । जसमा ५ महिला र १६ जना पुरुष रहेका छन् । 
यसैगरी कोसी अस्पतालको आइसोलेसनमा उपचाररत ४ जनापनि कोरोना निको भएर घर फर्किएका छन् । उनीहरु सबै उदयपुरका हुन् । 
यसैगरी बाँकेका २ जना र बर्दियाका एक जना पनि कोरोना निको भएर घर फर्किएका छन् । 
यस्तै पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ जना पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु समेत भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप