शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी तीन जिल्लामा कोरोना संक्रमित १०० जना भन्दा बढी

बुधबार, १४ जेठ २०७७, १७ : २२
बुधबार, १४ जेठ २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । हालसम्म ८८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि हुँदा तीन जिल्लामा अत्यधिक प्रभाव देखिएको छ । 

हालसम्म रौतहट, बाँके र कपिलबस्तुमा संक्रमितको संख्या १०० नाघिसकेको छ । 

अध्यावधिक विवरणअनुसार बाँकेमा सबैभन्दा धेरै १७० जना संक्रमित रहेका छन् । जसमध्ये २१ जना डिस्चार्ज भएका छन् । यस्तै एक जनाकाे मृत्यु भएकाे छ । 

यसैगरी कपिलवस्तुमा १०९ जना संक्रमित पुगेका छन् । जहाँ १ जनामात्रै निको भएको रेकर्ड छ । 

यता १०७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म रौतहटका ३ जना डिस्चार्ज भएका छन् । हालम्म बाँकेसहित विभिन्न ४ जिल्लामा ४ जनाकाे काेराेनाबाट ज्यान गएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप