सिन्धुपाल्चोकमा छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ
बुधबार, १४ जेठ २०७७, १७ : ५६
काठमाडौं । सिन्धुपाल्चोकमा १८ वर्षीया छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ परेका छन् । मेलम्ची प्रहरी कार्यालयले छोरी बलात्कार गरेको अभियोगमा मेलम्ची नगरपालिकाका ४३ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।
बुधबार दिउँसो पीडित युवतीकी आमाले दिएको जाहेरीपछि अभियुक्त बाबुलाई पक्राउ गरिएको मेलम्ची प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिए ।
अभियुक्तले विगत ४ वर्षदेखि बलात्कार गरेको भन्दै आमाको उजुरी आएको र अभियुक्तलाई पक्राउ गरी थुनामा राखिएको उनले बताए । घटनाबारे थप अनुसन्धान गरी जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गरिने तयारी थालिएको तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल