शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटका १८ स्थानीय तहमध्ये १३ वटामा कोरोना संक्रमण फैलियो

बुधबार, १४ जेठ २०७७, १८ : १९
बुधबार, १४ जेठ २०७७

रौतहट । रौतहटको १८ स्थानीय तहमध्ये १३ वटामा कोरोना भाईरस संक्रमित भेटिएको छ । बुधबार एकैपटक ३६ जनामा कोरोना भाईरस पोजेटिभ पुष्टि भए संगै रौतहटमा संक्रमितको १ सय सात पुगेको छ । बुधबार पुष्टि भएका सबैजना भारतका विभिन्न सहरबाट आएर सिधा क्वारेन्टाइनमा राखिएका थिए ।संक्रमितको गौर र सम्बन्धित नगरपालिकामै उपचार हुने रौतहटका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले बताएका छन् ।

यसअघि मंगलबार २२ जनामा कोरोना पोजेटिभ भेटिएसँगै संख्या ७१ रहेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार रौतहटको १८ स्थानीयतह मध्ये १३ मा कोरोना भाईरसको संक्रमित पुष्टि भैइसकेको छ । बुधबारसम्मको तथ्याँकअनुसार सबैभन्दा बढी राजपुर नगरपालिकाका ३० जनामा संक्रमित पुष्टि भएको छ । त्यसैगरी ईशनाथमा २८ ,गौरमा १६, देवाहिगोनाहिमा १४, गढिमाईमा ७ जनामा कोरोना संक्रमित पाईएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै कटहरियामा २ तथा गरुडा, राजदेवी, माधवनारायण ,यमुनामाई, फतुवा बिजयपुर,बृन्दाबन, गुजरामा एक एक जनामा संक्रमित पुष्टि भएको छ । हालसम्म चन्द्रपुर,मौलापुर,बौधिमाई, दुर्गा भगवती र परोहा नगरपालिकामा हालसम्म पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । संक्रमित मध्ये ईशनाथ, बृन्दाबन र गुजरा नगरपालिकाका ३ जना उपचारपछि घर फर्किसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप