बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मातृका यादवको आरोपः ‘सरकारकै कारण भोकले ज्यान जाने अवस्था देखियो’

बुधबार, १४ जेठ २०७७, १८ : २८
बुधबार, १४ जेठ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य मातृका यादवले सरकारकै कारण विपन्न परिवारले ज्यान गुमाउने अवस्था सृजना हुन लागेको बताएका छन् । सरकारको दीर्घकालीन तथा व्यवस्थित योजनाको अभावमा विपन्न र उत्पीडित समुदायले दिनहुँ असामान्य समस्याको सामना गर्नु परेको बताउँदै उनले भने, ‘सरकारले कोही भोकै बस्नु नपर्ने भने पनि भोकले नै मृत्यु व्यहोर्नु परेका घटनाहरू सतहमा आएका छन् ।’

धनुषाका विरेद्र यादव विभिन्न समस्याका वावजुद भारतको गुजरातबाट दुई हप्ता पैदल यात्रा गर्दै भोकभोकै नेपालको सिमामा आईपुगेको बताउँदै यादवले भोकका कारण कतिपयले सीमामामै ज्यान गुमाउनु परेको रातोपाटीसँग बताए ।

त्यस्तै, सप्तरीको पत्थरीमा दलित तथा विपन्न परिवारका मलर सदाले भोकले नै ज्यान गुमाउनु परेको, बाँके जिल्लाको क्वारेन्टाइनमा २५ वर्षीय युवकले उपचार नपाएको कारण ज्यान गुमाएको समेत यादवले बताए ।
उनले यो स्थितिको सामना गर्न दीर्घकालीन एकीकृत तथा व्यवस्थित योजना बनाउन सरकारसँग आग्रह गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप