सिरहाका एसपीको सुरक्षा गार्ड र चालकलाई कोरोना
बुधबार, १४ जेठ २०७७, १८ : ५३
जनकपुर । सिरहाका दुई प्रहरीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । सिरहाका प्रहरी उपरीक्षक (एसपी) को सुरक्षा गार्ड र चालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईँले ३० वर्षीय सुरक्षा गार्ड र ३९ वर्षीय एक चालकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताए ।
उनले अहिले संक्रमित दुबै जनालाई जिप्रका सिरहाले निर्माण गरेको आईसोलेशन वार्डमा भर्ना गरिएको गरिएको बताए । उनका अनुसार संक्रमित मध्ये एक जना सप्तरी जिल्लाको रुपनी गाउँपालिका र अर्का एकजना ओखलढुंगा सिद्धिचरण नगरपालिकाका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै